Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विवाह पञ्चमी, जनकपुरधाममा विवाह महोत्सव आज, मधेशमा सार्वजनिक बिदा

    विवाह पञ्चमी, जनकपुरधाममा विवाह महोत्सव आज, मधेशमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 1K
    SHARES

    काठमाडौं । विवाह पञ्चमी आज देशभर मनाइँदै छ ।

    आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।



    विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ ।



    विवाह महोत्सवका लागि शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ साधुसन्तहरुसहित मैथिली महिलाले जनकपुरधामको गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर पु¥याएका थिए ।

    विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधिका साथ पूजा गरेर विवाहपञ्चमीको महोत्सव समापन हुनेछ ।

    आइतबार भगवान् राम सीताको स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरले जनाएको छ । विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार