Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठूला भनिएका दलले मदन–बीपीको नाम बेच्छन, हामीसँग सुशासनको एजेन्डा मात्र छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाँडै ‘मिसन ८०’ सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार नैकापमा आयोजित खुला सभामा बोल्दै उनले यस्तो बताएका हुन् । रास्वपाको ‘मिसन ८४’ मा दलहरूको आँखा लागेको भन्दै चाँडै मिसन ८० सार्वजनिक गर्ने बताए ।

उनले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेथितिलाई अन्त्य गर्न सकिने जिकिर गरे । हरेक दिन एउटा–एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने उनले बताए ।

ठूला भनिएका दलहरूले मदन–बीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेन्डा मात्र भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077