Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल सुपर लिगमा वीरगञ्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

    नेपाल सुपर लिगमा वीरगञ्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 939
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लिएको छ ।

    प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले दशरथ रंगशालामा वीरगञ्ज युनाइटेलाई २-१ ले हरायो । पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे ।



    जोए आइडुले खेलको छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो । सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।



    तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र खेल पोखराले जित्यो ।

    यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भए पनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार