Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • गणतन्त्रविरूद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    गणतन्त्रविरूद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 813
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

    ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त साँस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने बिशिष्ट माध्यमका रूपमा परिचित छन्। । यी साँस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।’



    प्रधानमन्त्री प्रचण्डले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको दायित्व मात्र होइन, अधिकार पनि भएको बताए ।

    नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको स्पष्ट पारे ।

    प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार