Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनसेल प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।

सो पार्टीले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको हो ।

जसपाले भनेको छ– ‘नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको उक्त एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको छ ।’

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

सो पार्टीले एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुनेगरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न समेत माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077