Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • एकै दिन चार सदस्यको अध्यक्षता

    एकै दिन चार सदस्यको अध्यक्षता

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 801
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ ।

    शुक्रबार करिब चार घण्टाको बैठकमा चार पटक नै सभापति परिवर्तन भए । ज्येष्ठ सदस्यको रोलक्रम अनुसार चार पटक अध्यक्ष फेरिए । स्थायी सभापति चयन नहुँदा संसदीय सुनुवाइमा लगातार यो अभ्यास हुँदै आएको छ । सुनुवाइ समिति सभापति नेपाली कांग्रेसले पाउने गरी भागबन्डा टुङ्गिए पनि चयन भएको छैन ।



    शुक्रबार बैठकको प्रारम्भ ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरे । प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीसँगको सवालजवाफ चलिरहँदा सांसद जबरा शौचालय निस्किए । ५–७ मिनेटसम्म नआएपछि खोजी नै सुरु भयो । नआएपछि त्यसपछिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सञ्चालन गरे ।



    ज्येष्ठ सदस्य जबरा शौचालयबाट फर्किने भएकाले सांसद कार्की सभापति आसनको कुर्सीमा बस्न गएनन् । तर एमाले सांसद महेश बर्तौलाले ‘सभाध्यक्षको कुर्सी खाली राखेर बैठक नचलाऔँ’ भनेपछि कार्की सभापति आसनमा बस्न गए । सांसद कार्कीले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्ने अनुमति दिएलगत्तै सांसद जबरा बैठक कक्षमा प्रवेश गरे । तत्कालै कार्कीले आसन छाडे ।

    सुनुवाइ जारी रहँदा सांसद जबरा पुनः बैठकबाट निस्किए । त्यसपछि पुनः कार्कीले सभापतित्व गरे । केही क्षणको सुनुवाइपछि कार्कीसहितका अन्य कांग्रेस सांसद बाहिर निस्किए । उमेरका हिसाबले बैठकको सभापतित्वको जिम्मेवारी एमाले सांसद देवेन्द्र दाहालको काँधमा आयो । प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानको सुनुवाइ प्रारम्भसँगै सांसद दाहाल पनि बैठकबाट बाहिरिए । त्यसपछि सभापतित्व गर्ने पालो आयो कांग्रेस सांसद ईश्वरी न्यौपानेको । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार