Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल सुपर लिग : ललितपुर र झापाले खेले गोलरहित बराबरी

    नेपाल सुपर लिग : ललितपुर र झापाले खेले गोलरहित बराबरी

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 975
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापासँग गोलरहित बराबरी खेल्दै ललितपुरले अंक बाँडेको हो । ललितपुरले तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।



    ललितपुर ६ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । झापा ६ खेलमा ७ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लेको छ ।



    प्रतियोगितामा भोलि शनिवार दशरथ रङ्गशालामा २ वटा खेल हुँदैछ । पहिलो खेलमा दिउँसो १ बजे पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेड एफसी खेल्नेछन् भने दोस्रो खेलमा बेलुकी ५ बजे स्पोर्टिङ इलाम एफसी र एफसी चितवन खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार