Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुसी सेनामा कार्यरत चार नेपाली युवा युक्रेनको कब्जामा

    रुसी सेनामा कार्यरत चार नेपाली युवा युक्रेनको कब्जामा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युक्रेनी सेनाको नियन्त्रणमा रहेका रुसी सेनामा कार्यरत नेपाली युवाको संख्या चार पुगेको छ ।

    हालै रुसी सेनामा कार्यरत मोरङ लेटाङका विकास राईलाई पनि युक्रेनी सेनाले नियन्त्रणमा लिएपछि नेपाली युवाको संख्या चार पुगेको हो । युक्रेनले उनीहरूलाई युद्धबन्दीको रूपमा राखेको छ ।



    यसअघि रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल र दाङका प्रतिक पुनलाई युक्रेनले नियन्त्रणमा लिएको थियो ।



    रुसले उनीहरू सबैलाई युक्रेनसँगको युद्धमा लड्न पठाएको थियो । युक्रेनले नियन्त्रणमा लिएका चार नेपाली युवालाई नेपाल फर्काउने नयाँदिल्ली र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले पहल गरिरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार