Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रथी सिग्देल र उपरथी पौडेलले लगाए दर्ज्यानी चिह्न

    रथी सिग्देल र उपरथी पौडेलले लगाए दर्ज्यानी चिह्न

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाली सेनाको रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन् ।

    प्रधान सेनापति महारथी प्रभुराम शर्माले रथी सिग्देललाईे दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उपरथी रहेका सिग्देललाई नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयले बढुवा गरेको थियो ।



    रथी भएसँगै उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् । उनी नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि विवादित छन् ।



    शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्म मिति १९ चैत २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् । पछि शैक्षिक प्रमाणपत्रको जन्ममिति सुटुक्क सच्याएका थिए । जून कीर्ते काम भएको दाबी गरिएको थियो ।

    साथै आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले उपरथी दर्जामा पदोन्नति भएका सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।

    रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार