Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • निषेधित क्षेत्र तोड्न खोजेपछि बृहत नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

    निषेधित क्षेत्र तोड्न खोजेपछि बृहत नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 534
    SHARES

    काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्ने २८ जनालाई नियन्त्रणमा लिएको छ।

    मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    माइतीघर लगायतका स्थानहरुमा सरकारले निषेधित क्षेत्रहरू बढाउँदै लगेकोमा समेत उनीहरूले विरोध गरेका छन् । १४ जना महिला र १४ जना पुरूष गरी २८ जना नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    उनीहरूले रत्नपार्कबाट र्‍याली निकालेर भद्रकाली पुगेका थिए। त्यहाँबाट माइतीघरतर्फ आउन खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार