Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भिजिट भिसामा विदेश पठाएको आरोपमा थप दुई जना पक्राउ

    भिजिट भिसामा विदेश पठाएको आरोपमा थप दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा प्रहरीले ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचरारी पदम लामालाई पक्राउ गरेको हो ।



    उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेका थिए । प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याईएको छ ।



    प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजिकरण गरिदिने गरेको खुलेको थियो ।

    थप अनुसन्धानका क्रममा उनीसँग सम्बन्धका आधारमा ३०० जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक र कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार