बाँके । सशस्त्र प्रहरी बल नम्बर–३० गण हेडक्वार्टर बाँकेले भन्सार छलेर भित्र्याइएका विभिन्न सामानहरू बरामद गरेको छ ।
बिहीबार सशस्त्र प्रहरीको टोलीले झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको हो ।
खजुरा गाउँपालिका–६ स्थित सिमलघारीमा चेकिङका क्रममा बरामद भएका सामानमा झन्डै १४ लाख रुपैयाँबराबरको कपडा, ५ लाख रुपैयाँबराबरको काँस पित्तलका भाँडा र मूर्ति तथा सजावटका सामान रहेका छन् ।
ट्रक चालकसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् ।
सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Leave a Reply