Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जिपको ठक्करबाट डिउटीमा खटिएका प्रहरी जवानको मृत्यु

    जिपको ठक्करबाट डिउटीमा खटिएका प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 11.4K
    SHARES

    बाँके । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।

    पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान विशाल वलीको ज्यान गएको हो।



    जिपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  जिपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन्।



    उनको कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको बाँके प्रहरीले जनाएको छ ।

    गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जिपले ठक्कर दिएको थियो।

    घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ। ठक्कर दिएर फरार भएका जिपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार