Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बालिकाको शव नग्न अवस्थामा फेला, दुईजना पक्राउ

    बालिकाको शव नग्न अवस्थामा फेला, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 2.8K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । धनुषामा एक बालिका मृत अवस्थामा भेटिएकी छिन् ।

    २४ घण्टादेखि हराइरहेकी सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।



    उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार बेलुका ७ बजे शव फेला परेको हो ।



    शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् ।

    बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार