Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • स्रोत नखुलेको सात लाखसहित एकजना पक्राउ

    स्रोत नखुलेको सात लाखसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 1.3K
    SHARES

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

    जिल्लाको रामग्राम नगरपालिका-५ मा लु ५९ प ३२३९ नम्बरको मोटरसाइकलमा सवार पाल्हिनन्दन गाउँपालिका-२ का १९ वर्षीय समीर धुनियालाई नगदसहित पक्राउ परेका हुन् ।



    धुनियाको साथबाट एक हजार दरको ४ सय थान, ५ सय दरको ६ सय र १ सय दरको ९ वटा नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

    बरामद रकम स्रोत नखुलेपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार