Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्र भित्र–भित्रै कमजोर भइसक्यो, ढल्न मात्रै बाँकी छ : राजेन्द्र लिङ्देन

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेको आरोप लगाएका छन् ।

बिहीबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।

उनले मुलुकमा गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेकाले गणतन्त्र कमजोर बन्दै गएको बताए ।

उनले राप्रपाले महेन्द्रको सालिक राख्ने कुराले गणतन्त्र लगलग काँपेको समेत बताए । गणतन्त्र भित्र–भित्रै कमजोर भइसकेको र अब ढल्न मात्रै बाँकी रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077