काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको हो ।
सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ ।
यसअघिको मन्त्रिपरिषद् बैठकमै सिग्देल बढुवाको फाइल सदर भए पनि रक्षामन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा रहेकाले उनी आएपछि मात्र माइन्युट गर्ने भनिएको थियो ।
आजको मन्त्रिपरिषद् बैठकले सो निर्णयलाई सदर गरेको हो ।
Leave a Reply