Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ ।

कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे ।

बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे । यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077