Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुर्तीजन्य पदार्थ प्रतिबन्धपछि काठमाडौं नगर प्रहरीको छड्के अनुगमन

    सुर्तीजन्य पदार्थ प्रतिबन्धपछि काठमाडौं नगर प्रहरीको छड्के अनुगमन

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 921
    SHARES

    काठमाडौं । सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको काठमाडौं महानगरले आज बजार अनुगमन गरेको छ ।

    नगर प्रहरीले आज विभिन्न क्षेत्रका किराना पसलहरूमा अनुगमन गरेको हो । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ ।



    फुटपाथ र केही पसलहरूमा सुर्तीजन्य पदार्थ भेटिएपछि महानगरले जफत पनि गरेको छ ।



    प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

    महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार