काठमाडौं । आज बस्ने भनिएको नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सरेको छ ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक अब पुस ४ र ५ गते बस्ने छ ।
केही सचिवालय सदस्य देश बाहिर रहेका कारण बैठक सरेको बताइएको छ ।
संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।