काठमाडौं । पाकिस्तानको व्यावसायिक क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग ‘पीएसएल’को नयाँ सिजनका लागि कुनै पनि टोलीले नेपाली खेलाडी खरिद गरेका छैनन् ।
बुधबार राति सम्पन्न ड्राफ्टमा कुनै पनि सहभागी टिमले नेपाली क्रिकेटरप्रति रुची नदेखाएका हुन्।
पाकिस्तान सुपर लिगका लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए।
सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा थिए। प्रतियोगिता फागुन १३ देखि चैत ५ गतेसम्म सञ्चालन हुने तालिका छ।
Leave a Reply