Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मौद्रिक नीतिमा गरिएको परिवर्तनले शेयर कारोबार बढ्न थालेको छ : अर्थमन्त्री महत

    मौद्रिक नीतिमा गरिएको परिवर्तनले शेयर कारोबार बढ्न थालेको छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 660
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर शेयर कारोबारमा देखिएको बताएका छन्।

    बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताए।



    अर्थमन्त्री महतले भने,‘घरजग्गा र शेयर कारोबार बढ्न थालेको छ, यसमा आएको उत्साहले सकारात्मक संकेत दिएको छ।’

    अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने अवधि दिइएको पनि जानकारी दिए।

    उनले सम्झौताबमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको समेत बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार