Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पाकिस्तानी सेनाको आधार शिविरमा बम आक्रमणमा हुँदा २३ जनाको मृत्यु

    पाकिस्तानी सेनाको आधार शिविरमा बम आक्रमणमा हुँदा २३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 975
    SHARES

    पाकिस्तान । पाकिस्तानी सेनाको आधार शिविरमा मंगलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ ।

    परिचय नखुलाउने शर्तमा एक स्थानीय अधिकारीले अफगानिस्तानको सीमानजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।



    उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भएतापनि मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।



    विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ । विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको संख्या बढ्ने आँकलन गरिएको छ ।

    बिहानको २ः३० मा हमला सुरु गरेको तालिवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान–अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।

    अमेरिकी सेना फिर्ता भएदेखि छिमेकी विद्रोही उत्साहित भएको विश्लेषकहरूले बताउँदै आएका छन् । पकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

    इस्लामावादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्यपि, सो आरोप तालिवान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ । घटनाबारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार