Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किर्ते कागजात बनाएर विदेश पठाएको आरोपमा वायु सेवा निगमका अधिकृत

काठमाडौं । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगमका एक जना अधिकृतलाई पक्राउ गरेको छ ।

भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।

भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको थियो ।

यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी संचालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077