Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी

इलाम । इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी भएको छ । अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएको हो ।

आगो निभाउने क्रममा एक जना प्रहरी जलेर घाइते भएका छन् । भान्साघरमा कोही नभएको अवस्थामा आज दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको थियो ।

आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन ।

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077