Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय दलको विधान पुनर्संरचना गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनर्संरचना गर्ने निर्णय गरेको छ।

सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनर्संरचना गर्ने विषयमा छलफल भएको हो ।

'हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियौं। जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनर्संरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्‍यौं,' पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने ।

बैठकमा आगामी अधिवेशनमा संसद र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए ।

त्यस्तै सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077