Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : काठमाडौंसँग पोखरा २–१ गोलले पराजित

    नेपाल सुपर लिग : काठमाडौंसँग पोखरा २–१ गोलले पराजित

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 822
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले काठमाडौं रेजर्समाथि पुनरागमन जित निकालेको छ । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखरा काठमाडौंसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

    खेलमा पोखराले शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।



    तर खेलको ८२ औँ मिनेटमा काठमाडौंका जुनियर एनकेनगेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाडौंका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २–१ ले जिताए ।



    यो जितसँगै काठमाण्डौ ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा उति नै खेलमा ८ अङ्क भए पनि गोल अन्तरका आधारमा चौथो स्थानमा छ । लिगमा मंगलबार एफसी बुटवल लुम्बिनी र झापा एफसी भिड्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार