Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमतिका आधारमा संघीयताका बाँकी काम टुंगो लगाउनुपर्छ : सभापति देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

कांग्रेस धनुषाले सोमबार धनुषाको औरही गाउँपालिकामा आयोजना गरेको धनुषा क्षेत्र नं. २ का पूर्व सभापति राजकिशोर सिंहको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिका साथ सफल कार्यान्वयन भएमा सङ्घीयता सबल र मजबुत हुने बताए ।

सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्‍याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077