Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • लगानी सम्मेलन अगावै कन्ट्री रेटिङको काम गर्छौं : अर्थमन्त्री महत

    लगानी सम्मेलन अगावै कन्ट्री रेटिङको काम गर्छौं : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 744
    SHARES

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् ।

    सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताए । उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए ।



    काम गर्ने प्रक्रियागत झन्झट,कामगर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गरे । अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।

    उनले वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गर्दै जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार