Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री प्रचण्डको दाबी

    सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 681
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

    माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ । तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

    प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए । प्रचण्ड गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार