Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकदिन पनि टिकेन नेप्सेको उत्साह, कारोबार ४ अर्बमाथि

काठमाडौं । आइतबार एकैदिन १११ अंकले बढेको नेप्से दोस्रो दिनमै २० अंकले घटेको छ।

साताको पहिलो सेयर कारोबार दिन आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको हो।

आज नेप्से परिसूचक १५.४० अंकले घटेर १९८४.५७ विन्दुमा कायम भएको छ।बिहान प्री ओपन सेसनमा २५ अंक बढीले बढेको सेयर बजार नियमित कारोबार समय ११ बजेपछि निरन्तर ओरालो लागेको थियो।

दिनभर तीव्र उतारचढाव रहेको नेप्से कारोबार अन्तिम समयमा आएर दोहोरो अंकले बन्द भएको हो। नेप्से परिसूचक दोहोरो अंकले घटेपनि ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको सेयर खरिदबिक्री भयो।

३०३ स्क्रिप्टको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच भए। यसदिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,सामुदायिक लघुवित्त वित्तीय,डोल्टी पावर र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड बढी मूल्यको सेयर कारोबार भयो। ​​​​​​​यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड,सिटीजन लाइफ इन्स्योरेन्सको १४ करोड र शिवम सिमेन्टको १३ करोड बढी मूल्यको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077