Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

महासमिति बैठकबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने बताईएको छ ।

कांग्रेसले पुस १६ गतेदेखि १९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको छ। तर सभापति देउवाले पुसको ठण्डीमा बैठक नगरौं भन्ने प्रस्ताव मंसिर १३ गते धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा गरेका थिए।

यसबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। मंसिर २९ गते शुक्रबार दिउँसो १२:१५ सानेपामा बैठक बस्नेछ।

तत्काल केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा कांग्रेसले कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय गर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077