काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार रहेका गजुरेलले मंसिरमा २० गते राजीनामा दिएका हुन् ।
तर अहिलेसम्म राजीनामा स्वीकृत भने भइसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
Leave a Reply