Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • यू–१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

    यू–१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 732
    SHARES

    काठमाडौं । यूएईमा जारी यू–१९ एसिया कपको दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालमाथि यो खेल जित्नै पर्ने दबाब छ ।

    दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।



    अफगानिस्तानका लागि जमसिद जद्रानले शानदार शतक प्रहार गरे । उनले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ खेले । नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडे ।



    बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २/२ विकेट लिए । आकाश चन्द्र र दीपेश कडेलले १/१ विकेट लिए ।

    ३३ रनमा ३ विकेट गुमाएको अफगानिस्तानको इनिङलाई रहिमुल्लाह जुर्मती र जमशीद जद्रानले सम्हालेका थिए । उनीहरूले १ सय ३४ बलमा ८४ रनको साझेदारी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार