काठमाडौं । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण झापास्थित होटल मेची क्राउनमा आएका छन् ।
विशेष काममा लागि नेपाल आएका बालकृष्ण बस्नका लागि भने होटल मेची क्राउनमा पुगेका हुन् ।
त्यसक्रममा बालकृष्णलाई नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठ र होटलका सञ्चालक बलराम सापकोटाले स्वागत तथा सम्मान गरेका थिए ।
केही दिनका लागि झापा आएका आचार्य बालकृष्ण होटल मेची क्राउनमै बस्ने भएका छन् ।
उनले आफू नेपाल आउनुको कारण भने खुलाएका छैनन् ।
Leave a Reply