Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गंगा दाहालले व्यापारीसँग रकम बुझेको प्रमाण मसँग छ, जनता र मिडियामा लिएर जानेछु : अमरेश सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेश सिंहले प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग रकम बुझेका सबै प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन ।

आइतबार बिहान सामाजिक सन्जालमार्फत उनले यस्तो दाबी गरेका हुन् ।

उनले समय आएपछी सबै प्रमाण जनता र मिडियामा लिएर जानेसमेत चेतावनी दिए ।

उनले लेखेका छन्, 'प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्पापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।´

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077