Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यारेकमै सेनाका हवल्दारलाई लाग्यो करेन्ट, अस्पताल लैजादै गर्दा मृत्यु

नुवाकोट । नुवाकोटमा सेनाको व्यारेकभित्रै करेन्ट लागेर एकजना सैनिकको मृत्यु भएको छ ।

बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो ।

करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ । कार्कीको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077