Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आलु–प्याज व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि कारोबार सहज हुने विश्वास

    आलु–प्याज व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि कारोबार सहज हुने विश्वास

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 837
    SHARES

    काठमाडौं । आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

    यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको हो । तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ ।



    प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ । नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ ।



    व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभाव भएको हो । भारतबाट आउँदै गरेका केही गाडी प्याज एकदुई दिनमा आइपुगे पनि भारतले निर्यात नखोलेसम्म सहज नहुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार