Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : झापा र वीरगञ्जले खेले बराबरी, अंक बाडिँयो

    नेपाल सुपर लिग : झापा र वीरगञ्जले खेले बराबरी, अंक बाडिँयो

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 987
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेलेका छन् ।

    दशरथ रङ्गशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो ।



    दुवै टोलीले एकएक अङ्क बाँडेका छन् । झापा दोस्रो हाफको अन्तिम २० मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पुछारमा रहेको वीरगञ्जको ४ खेलमा २ अङ्क छ भने आठौँ स्थानमा रहेको झापाको ४ खेलमा ३ अङ्क छ ।



    भोलि दुई वटा खेल हुनेछन् । दिउँसो एक बजे धनगढी एफसी र स्पोर्टिङ इलाम तथा बेलुका ५ बजे साविक विजेता काठमाण्डौ रेजर्स र बुटवल लुम्बिनीबीच खेल हुनेछ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार