Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरे इजरायली प्रतिनिधिसँग कुराकानी

    विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरे इजरायली प्रतिनिधिसँग कुराकानी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 972
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका प्रतिनिधिसँग टेलिफोन वार्ता गरेका छन्।

    परराष्ट्रमन्त्री साउदले शुक्रबार दिउँसो इजरायलका गल हिर्शसँग टेलिफोन वार्ता गरेका हुन्।



    परराष्ट्रमन्त्री साउदले हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरे।



    परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औं फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

    यसअघि ८ मंसिरमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा पनि रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार