Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एनसेल बिक्री प्रकरणबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय

    एनसेल बिक्री प्रकरणबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 699
    SHARES

    काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने भएको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय निर्णय गरेको हो।



    समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाइने बताए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।



    समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए ।

    यस्तै मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको छ । उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुने खतिवडाको भनाइ छ ।

    यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि समितिको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार