Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीलाई रविको प्रश्न - कर छलि गर्नेलाई कारवाही गर्न पनि गठबन्धनको बैठक किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको कर छलिमा कारवाही गर्न सरकारले छानविन समिति बनाएकोप्रति आपत्ति जनाएका छन् ।

संसदीय समितिमा भर्चुअल सहभागिता जनाउन नपाएपछि सामाजिक सञ्जालमार्फत् आफ्नो कुरा राख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, 'म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें।

तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्। हामीलाई किन छानविन समितिको यतिधेरै मोह छ। छानविन समितिको काम किन प्रभावकारी छ भनेर पनि छानविन गर्नको लागि अर्को समिति बनाउँलान् भन्ने दिन नआउला भन्न सकिँदैन।

हरेक कुरामा किन चाहियो समितिरु कर छलि भएको कुरा गरेपछि प्रधानमन्त्रीले कर कार्यालयको सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने होरु छानविन गर्न गठबन्धन दलहरु तयार रे सिस्टम भन्ने कुरा चराको नाम हो? भन्ने कुरा हामीले कहिले थाहा पाउने ?'

सभापति लामिछानेले आफूहरुले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनुपर्छ भनेर भन्दै आइरहे पनि नबनेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077