Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउन राष्ट्र बैंकलाई अर्थमन्त्री महतको सुझाव

    सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउन राष्ट्र बैंकलाई अर्थमन्त्री महतको सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 660
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् ।

    गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री महतले सुझाव दिएका हुन् । घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन अर्थमन्त्री महतले सुझाव दिएका छन् ।



    अर्थमन्त्री महतको सुझावपछि राष्ट्र बैंक बोर्ड बैठक यतिबेला बसिरहेको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिबारे बोर्ड बैठकमा व्यापक छलफल भएको बुझिएको छ ।



    त्यस्तै घरजग्गासम्बन्धी ऋणमा पनि जुनसुकै ऋणमा जोखिम भार शतप्रतिशत मात्रैकायम गराउन अर्थमन्त्री महतले निर्देशन दिए। अहिले उद्यम व्यवसायमा मागको कमीका कारण ऋणको सावाँ ब्याज भुक्तानीमा समस्या भएको निजी क्षेत्रको माग छ ।

    यसरी सावाँब्याज भुक्तानीमा समस्या भएका ऋणीहरुको ऋणको पुनःसंरचना गरिदिन पनि भनेको अर्थमन्त्री महतले बताए । अहिले मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बसिसरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार