Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

मस्को । युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्कोनजिकैको एउटा होटेल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् । समाचार समिति तासका अनुसार उनी बसेको होटेलको पार्कमा शव भेटिएको थियो ।

सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जीयूआर)ले किभाको मृत्युको जिम्मेवारी लिएको छ ।

जीयूआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यामा जीयूआरको संलग्नता स्वीकार गरेका छन् । ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटेलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताले हत्याको आपराधिक मामिला खोलेका छन् ।

प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077