Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – अब ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा छौँ

    प्रधानमन्त्री प्रचण्डले भने – अब ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा छौँ

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 834
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाउने बताएका छन्।

    माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान वर्तमान सरकार नरोकिने दाबी गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,’सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’



    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्‍याइएको बताए ।

    मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको प्रधानमन्त्री प्रचण्डबो दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार