काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ ।
बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको हो ।
बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरू तय गर्ने बताइएको छ ।
हिजो बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताएका थिए ।
कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्नेछ ।