Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेश दौडेको दौड्यै रास्वपा सभापति लामिछाने, मलेसियाबाट फर्के लगत्तै कतार जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कतार प्रस्थान गर्दैछन् ।

उनी बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ जान लागेका हुन् । लामिछाने पार्टीको संगठन विस्तारको सिलसिलामा कतार जान लागेको बताइएको छ ।

उनले दुई दिनको कतार बसाइको क्रममा संगठन निर्माण र विस्तारका लागि त्यहाँ रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

दुई दिनको कतार बसाइपछि लामिछानले त्यहीँबाट बेलायत जाने कार्यतालिका छ । उनी केही दिनअघि मात्र मलेसिया पुगेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077