Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश, ससुरा धरौटीमा छुट्ने

    आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश, ससुरा धरौटीमा छुट्ने

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आज साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

    आरती गएको जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।



    उनीहरुविरुद्ध असार १ मा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर भएकोमा थुनछेक बहसपछि असार ५ मा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उच्च अदालत जनकपुरधामले उनीहरुलाई रिहा गर्ने आदेश दिएको थियो ।



    उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यलयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने र श्रीमान मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको हो ।

    आरती साहको माइती पक्षले न्यायको लागि काठमाण्डौको माइतीघरमा प्रदर्शनसमेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार