Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रुसी सैनिकमा भर्ती गराउने गिरोहका नाइके पूर्व सैनिक, भर्ना हुने प्रहरी र सशस्त्र !

    रुसी सैनिकमा भर्ती गराउने गिरोहका नाइके पूर्व सैनिक, भर्ना हुने प्रहरी र सशस्त्र !

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालीलाई रुसी सेनामा पठाउने कार्यमा नेपाली सेनाका पूर्व सैनिकको समेत संलग्नता देखिएको छ। जिल्ला प्रहरी परिसर काठमाठडौँका अनुसार उदयपुरको कटारी घर भएका पूर्व सैनिक हरि विश्वकर्मा रहेको खुलेको हो । उनी पक्राउ परेका १२ जनाको समूहका नाइके रहेको खुलेको छ ।

    उनले नेपाली सेनाबाट राजीनामा दिएर रसियामा सैनिक सेवामा पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका बहालवाला कर्मचारीका पासपोर्ट संकलन गरेर रसियाको सेनामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । केही बहालवाला प्रहरीहरूको पासपोर्ट समेत प्रहरीले बरामद गरेको छ।



    हरिले २ पटकमा १८ जनालाई रसिया पठाएको खुलेको छ। एकपटक ११ जनाको समूह र अर्कोपटक ७ जनाको समूह गरी रसिया पठाएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । १२ जनाबाट बरामद भएका ४७ थान पासपोर्टमध्ये दुई थान पासपोर्ट नेपाल प्रहरीका दुई अधिकारीको रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका अनुसार उपत्यकाकै कुनै युनिटमा कार्यरत दुई प्रहरी जवानले रुसी सेनामा भर्ना हुनका लागि पासपोर्ट बुझाएको पाइएको बताए।



    बरामद पासपोर्टमध्ये २ थान पासपोर्ट बहालावा प्रहरीकै भेटिएपछि प्रहरीले यसतर्फ पनि अनुसन्धान बढाएको छ। अहिले राजिनामा नदिने तर भिसा लागिसकेपछि राजिनामा दिएर रुस जाने उद्देश्यका साथ पासपोर्ट बुझाएको पाइएको जिसीले बताए।

    त्यसैगरी सशस्त्र प्रहरी बलकै एक जना असई समेत राजिनामा दिएर रुसी सेनामा भर्ना हुन भन्दै रुस पुगेर फेरि फर्किएर नेपाल आएको समेत पाइएको जिसीले बताए। पक्राउ परेका १२ जनाहरुलाई सार्वजनिक गर्दै एसएसपी भुपेन्द्र खत्रीले यो गिराहले विशेषगरी फौजसम्बन्धी ज्ञान भएकाले आर्मी, प्रहरीलाई प्राथमिकतामा राखेर रुस पठाउने गरेको बताए।

    नेपालबाट भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको छ। अर्कोतर्फबाट काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    उनीहरूले रसिया सेनामा पठाउँदा १० देखि १२ लाख रुपैयाँ लिने गरेको पाइएको छ। हरिले भिजिट भिषा र आमन्त्रण कार्ड उपलब्ध गराइदिए वापत शोभराज भन्ने व्यक्तिलाई अमेरिकी डलर १८५० दिने गरेको र सेटिङ, टिकेटको लागि थप २ लाख भारतीय रुपैयाँ दिने गरेको खुलेको छ।

    गिरोहमा संलग्न दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुबाट २७ लाखभन्दा बढी रकम ४३ थान पासपोर्ट बरामद भएको छ । रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु भएपछि घटना सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार