Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • जनतालाई भरोसा दिने सूत्रको खोजीमा छु : प्रधानमन्त्री प्रचण्ड

    जनतालाई भरोसा दिने सूत्रको खोजीमा छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको दाबी गरेका छन्।

    ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ सुरुवात गरिने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ। अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्नेछ। जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु।’



    प्रधानमन्त्री प्रचण्डले कर्मचारीतन्त्रमा रहेका सम्पूर्ण व्यक्ति ज्ञान, अनुभव र क्षमताको दृष्टिकोणले सक्षम रहे पनि त्यसको सदुपयोग हुन नसकेको बताए ।

    सरकारको ध्यान शासकीय सुधार गर्नेमा केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले प्रशासनमा सुधार गर्ने मात्रै नभई समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छलफल गरिरहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभव गरेनन् भने सरकार, कर्मचारी तन्त्र र राजनीतिक दलप्रति जनताको भरोसा कमजोर हुँदै जाने र विश्वास टुट्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार